कोडिभ–१९ः झापाका पर्यटकीय क्षेत्र सुनसान

ज्ञानमाण्डू।कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक ठप्प भएपछि असर परेको हो । 

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, दोमुखा, जामुनखाडी, बाँसबारी, कालिकालगायतका सिमसार क्षेत्रमा दैनिक १५ दिनयता आन्तरिक पर्यटकसमेत आउन ठप्प भएको छ । ती क्षेत्रमा खोलिएको होटेल व्यवसायमा समेत परेको छ । 

दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लावतीले नेपाल सरकारले भिडभाडमा नजान, सभासम्मेलन र गोष्ठीलगायतका कार्यक्रम नगर्न आग्रह गरेसँगै पर्यटक आउन छाडेको बताए । “कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण कोही पनि आउँदैनन्”, लावतीले भने , “यसले पर्यटन क्षेत्र धरासायी बनायो ।” उनले यति बेला समितिका पदाधिकारी नै स्थानीय सरकारसँग मिलेर कोभिड–१९ बाट जोगिन स्थानीयवासीलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । 

भारतको सिक्किम, दार्जिलिङ, कालिम्पोङलगायत पश्चिम बङ्गालबाट र नेपालकै विभिन्न जिल्लाबाट दैनिक सयौँको सङ्ख्यामा आउने पर्यटक ठप्प भएपछि मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वन सुनसान भएको छ । 

बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तकदिर प्रसाईँले चीनमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पर्यटक आउन कम भएको बताउँदै भने, “अहिले त झन् ठप्प छ कोही आउँदैनन् ।” 

दैनिक ५०० भन्दा बढी पर्यटक आउने जामुनखाडी सिमसार क्षेत्रमा समेत पर्यटक आउन छाडेका छन् । प्रदेश नम्बर–१ को सरकारले वन्यजन्तु आरक्षण केन्द्रको रूपमा विकास गरेसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको थियो । जामुनखाडीको मिनी चिडियाखानामा रहेका बाघ, भालु, अजिङ्गर, नील गाई, हरिण, जरायोलगायतका दर्जनौँ जनावर हेर्नका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको थियो । शनिबारसमेत जिल्लाकै विद्यालयबाट आउने विद्यार्थी आउन छाडेको जामुनखाडी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्याम सिटौलाले बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x