थारू भाषा प्राथमिकतामा

ज्ञानमाण्डू।घोराही उपमहानगरपालिकाभित्र बसोबास गर्ने कुल जनसङ्ख्याको करिब २४ प्रतिशत जनसङ्ख्याले थारू भाषा बोल्छन् । अन्य भाषाको तुलनामा सो भाषा बोल्ने धेरै छन् । सोही कारण उपमहानगरपालिकाले थारू भाषालाई अहिले प्राथमिकतामा राखेको छ । 

उपमहानगरको २०७४ साउनमा बसेको कार्यपालिका बैठकले नगर क्षेत्रका सरकारी कार्यालयमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको थियो । उक्त निणर्य केही हदसम्म व्यवहारमा लागू गरिएको छ । नगरले गर्ने नगरसभा वा अन्य सार्वजनिक महत्त्वको कार्यक्रममा नेपाली भाषासँगै थारू भाषामा ब्यानर लेखिएका हुन्छन् । 

यसलाई सरकारी कामकाजको रूपमा महत्त्व दिएसँगै नगरले थारू भाषालाई प्राथमिकतामा राख्न फेरि नयाँ कार्य सुरु गरेको छ । उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रमको निर्माण गर्न थालेको छ । देश सङ्घीय संरचनामा गएपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम निर्माण गर्ने अधिकार पाएको हुँदा घोराहीले यसलाई व्यावहारिक कार्यान्वयनको प्रयास थालेको छ । 

जिल्लामा यसरी पाठ्यक्रम निर्माण गर्न थालिएको सम्भवतः यो नै पहिलो हो । जिल्लामा १० स्थानीय तह छन् । कसैले पनि आफ्नै पालिकास्तरीय पाठ्यक्रम निर्माण सुरु गरेका छैनन् । जिल्लामा थारू, मगर र अवधि भाषामा अध्यापन गराइए पनि पाठ्यक्रम निर्माण भएको थिएन । पाठ्यक्रम निर्माणका लागि उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर विज्ञ व्यक्ति तथा संस्थालाई प्रस्ताव आह्वान गरेको छ । गत फागुन ८ गते बसेको नगर शिक्षा समितिको बैठकले थारू भाषामा पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरले प्राथमिक विद्यालयसम्मको पाठ्यक्रम निर्माण गर्न थालेको शिक्षा युवा तथा खेलकूद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिए । पाठ्यक्रम निर्माण गरेर नगरमा रहेका प्राथमिक विद्यालयमा लागू गरिने शाखा अधिकृत पौडेलले बताए । पाठ्यक्रम तयार गरिसकेपछि पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यपुस्तक विकास केन्द्रलाई प्रदान गरिने बताइएको छ । “नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागू गरिनेछ”, अधिकृत पौडेल भने , “सबै विद्यालयमा लागू हुनेछैन ।” आउँदो शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरिएको शिक्षा युवा तथा खेलकूद महाशाखाले जनाएको छ ।

पाठ्यक्रम निर्माणका लागि रु एक लाख ५० हजार विनियोजन गरिएको छ । स्थानीय पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने उद्देश्यअनुसार नै उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम निर्माण गर्न लागेको हो । पाठ्यक्रम अनिवार्यभन्दा पनि रुचि राख्ने विद्यालयमा लागू गरिने अधिकृत पौडेलले बताए ।

थारू बस्ती बढी रहेका विद्यालयहरूमा लागू गर्ने तयारी भएको उपमहानगरका सूचना अधिकृत भीमबहादुर चौधरीले बताए । “बालबालिकाले आफ्नै मातृभाषामा अध्ययन गर्न पाउँदा बालबालिकामा सिकाइसँगै थारू भाषाको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा छ”, अधिकृत चौधरीको भनाइ छ । थारू भाषाको पाठ्यक्रम एक सय पूर्णाङ्कको रहनेछ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x