-उत्सव ढकाल
भनिन्छ, पढ्ने शब्द अलग हो, यसको तरिका पनि फरक हुन्छ । लेख्ने शब्द अलग हो, यसको तरिका पनि फरक हुन्छ । त्यस्तै सम्झने शब्द पनि अलग हो र यसको तरिका पनि फरक हुन्छ । व्यवहारमा पढ्ने, लेख्ने र सम्झने शब्दहरुलाई एउटै अर्थमा बुझ्ने गरिन्छ । एउटा बच्चाले पढ्छ, घोक्छ, लेख्छ तर राम्रो संग सम्झन सक्दैन अनि उसको अभिभावकले भन्छ मन लगाएर पढ, वच्चाले खुवै एकोहोरिएर पढ्छ र पनि पर्याप्त मात्रामा सम्झन सक्दैन अनि अभिभावकलाई भन्छ, बाबा/ममी मन लगाएर पढ्दा पनि आएन फेरी अभिभावक भन्छ एकदम एकिकृत भएर पढेको पढ्यै गर अनि आउछ । हाम्रो समाजमा अभिभावकले आफ्नो छोराछोरीलाई राम्रो संग पढ भन्छ तर यो तरिकाले पढ तब सम्झिन्छ भन्न सक्दैन परिणामतः जति कोशिश गर्दा पनि अपेक्षित नतिजा आउने गरेको पाइदैन । यस लेखमा पढाइका तरिका मध्ये एक प्रभावकारी तरिका (Technique) स्क्यानिङ्ग विधि (Scanning Technique)को बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । स्मरण (Memory) लाई एकाग्रता (Concentration) को दास मानिन्छ । अर्थात जति एकाग्रताका साथ अध्ययन गरियो त्यति बढी स्मरण गर्न सकिन्छ । एकाग्रता (Concentration) कायम गर्न जिज्ञासा (Curiosity) र परिचित (Familiarity) आवश्यक मानिन्छ । अर्थात एउटा विधार्थीको लागि पढाइको सन्दर्भमा जिज्ञासा (Curiosity) भन्नाले पढ्न चाहेकोे पाठको बारेमा जान्ने इच्छा र परिचित भन्नाले सो पाठको बारेमा भएको जानकारी हो । अर्थात एकाग्रता = इच्छा * परिचित । जिज्ञासाले कुनै पाठ प्रति एकाग्रता बढाउन मद्दत गर्दछ भने परिचित हुनुले पढेको पाठलाई लामो समय सम्म याद राख्न मद्दत पु¥याउछ ।
उदाहरणको लागि कुनै विषयको कुनै पाठको बारेमा विधार्थीले पढ्ने जिज्ञासा राख्दछ, त्यही जिज्ञासाका कारण विधार्थीले त्यो पाठ प्रति एकाग्रता (Concentration) देखाउदछ तर त्यस्तो एकाग्रता लामो समय टिक्न सक्दैन यदि उ त्यो पाठसंग पूर्व परिचित छैन भने । सो पाठ (Content) को बारेमा पाठयक्रममा वर्णन गरिएको कुरा संग विधार्थी परिचित छैन भने उसमा सो पाठ पढ्ने जिज्ञासा लामो समय रहन सक्दैन परिणामत स् १०/१५ मिनेट पढे पछि सो पाठको विषयवसतु प्रतिको जिज्ञासा हराएर जान्छ । Scanning Technique ले पढ्न चाहेको पाठको बारेमा जानकारी राख्न मद्दत गर्ने हुदा सो पाठ प्रतिको जिज्ञासा कायम राख्न यो विधिले सहयोग गर्ने देखिन्छ ।
स्क्यानिङ्ग के हो ? What is Scanning?
कुनै डाटाको दुरुस्त छवि उतार्नुलाई स्क्यानिङ्ग भनिन्छ । यस अर्थमा पढनु पर्ने पाठको विबरण (Content) दिमागमा छविको रुपमा उतार्ने विधिलाइ पढाइको स्क्यानिङ्ग विधि भनिन्छ । यो विधिले पाठकको दिमागलाइ पढ्नको लागि र सम्झनको लागि तत्पर गराउने विश्वास गरिन्छ ।स्क्यानिङ्ग अध्ययन विधिका फाइदाहरु Advantages Of Scanning Method
- स्क्यानिङ्ग माध्यमबाट पाठको Content को बारेमा पहिचान/परिचित (Familiarity) हुने हुदा पढ्न लाग्ने समय कम्तिमा ५० प्रतिशतले कम हुन्छ ।
- स्क्यानिङ्ग विधिबाट पढ्दा ध्यानाकर्षण हुनगई पढाई प्रति लामो समयसम्म इच्छा जाग्दछ ।
- यो विधिबाट स्क्यान गरिएको पाठ परीक्षाको समयमा सजिलै स्मरण (Recall) गर्न सकिन्छ ।
- परीक्षाको समयमा वा आवश्यक परेको बेलामा स्क्यान गरिएको पाठको विभिन्न अंशहरु कहां, कसरी रहेका थिए भन्ने सम्झन सकिन्छ ।
- यो विधि दृश्यावलोकन (Visualization) मा आधारित भएकोले पाठकको दाहिने मष्तिष्क (Right Brain) प्रयोग हुने हुदा पढेको ९० प्रतिशतसम्म स्मरण हुन सक्दछ ।
कसरी स्क्यान गर्ने त ? How to scan ?
शुरुवाती क्रममा एकपटकमा अधिकतम ५/७ पेज सम्म स्क्यान गर्ने योजना बनाउदा राम्रो हुन्छ । अभ्यस्त भै सके पछि आफ्नो क्षमतानुसार पेजहरुको संख्या बढाउन सकिन्छ। यो विधि प्रयोग गर्दा देहायेका चरणहरू (steps) अनुसार अभ्यास गर्दै जान उपयुक्त हुन्छ।चरण १: शुरुवाती दिनमा स्क्यान गर्न चाहेको पाठको ३ / ४ पेज मध्ये प्रत्येक एक एक पेजमा विस्तारै सरसर्ती हेर्नुहोस् तर कुनै कुरा पनि नपढ्नुहोस्।
चरण २: दोस्रो चरणमा प्रत्येक पेजमा प्याराग्राफ तथा चित्रहरु हेर्नुहोस् । यसरी हेर्दा कुन पेजमा के कति प्याराग्राफहरु छन् ? के कति चित्रहरु छन् ? प्याराग्राफहरु के कस्ता साइजका छन् ? कहाँबाट शुरूभइ कहाँनेर टुङ्गिएका छन् ? चित्रहरु कुन स्थानमा रहेका छन् भन्ने अवलोकन गर्नुहोस्। यस चरणमा पनि कुनै कुरा नपढ्नुहोस् ।
चरण ३: अब प्रत्येक पेजमा रहेका शिर्षक र उप शिर्षकहरु पढ्नुहोस्। यसरी पढ्दा BOLD मा लेखिएको छ कि कुन रंगमा लेखिएको छ अवलोकन गर्दै पढ्नुहोस्, यस चरणमा पनि त्यस भित्र रहेका Content नपढ्नुहोस्।
चरण ४: चरण ३ मा शिर्षक र उप शिर्षक अवलोकन गरिसके पछि यस चरणमा स्क्यान गर्न लागेको पेजमा रहेका अरु विवरणहरु जस्तै: परिभाषा, डाटाहरु, Bold तथा Italic points आदिको माथि उल्लेख गरिए झैँ अवलोकन गर्नुहोस्।
चरण ५: माथिका चरणहरु पार गरिसके पछि, माथिका हरेक चरणहरुमा उल्लेख गरिएका कुरा तथा विवरणहरुलाई पुन: अवलोकन गर्दै सम्पूर्ण पेजको सम्पूर्ण विवरण तथा पाठ २/३ पटक होशियारीपूर्वक पूरा ध्यानाकर्षढ सहित पढ्नुहोस।
चरण ६: अब आफ्नो आँखा बन्द गर्नुहोस् र प्रत्येक पेजमा रहेको विवरण (Content) हरुलाई दृश्यावलाेकन (Visualization) गर्नुहोस् । यसरी दृश्यावलाेकन गर्दा स्क्यान गरिएका प्रत्येक पेजमा रहेका प्याराग्राफ, चित्र, शिर्षक, उपशिर्षक, परिभाषा, डाटा आदि हेर्ने (सम्झने) प्रयास गर्नुहोस्। यसरी सम्झने प्रयास गर्दा कुनै पेजको कुनै विवरण सम्झिन नसकेमा आँखा खोल्नुहोस्, त्यो पेजको विवरण पढ्नुहोस फेरी आँखा बन्द गरी सम्झिने प्रयास गर्दै जानुहोस। यो बिधि अभ्यास गर्दै गए पछि तपाइको दिमाग अभ्यस्त हुदै जाने छ र यो विधिको माध्यमबाट पढ्ने बानी विकास हुदै जाने छ ।
भनिन्छ, स्वामी विवेकानन्दले Scanning विधिको प्रयोग गरी पढ्ने गर्दथे परिणामत: उनले पुस्तकालयबाट लगेको किताब एक दिनमै स्क्यानिङ्ग विधिबाट पढेर भोलिपल्ट फिर्ता लगिदिन्थे। धेरै पटक यस्तो भए पछि लाइव्रेरियनले एक दिन किन किताब लाने ल्याउने गरेको ? पढ्नु पर्दैन भनी सोध्दा आफूले लागेको कुनै किताबको जुनसुकै पेजमा के छ भनी सोध्न चुनौती दिएका थिए रे। उनै स्वामी विवेकानन्दले परीक्षामा ११५ वटा प्रश्न मध्ये कुनै १०० वटाको मात्र उत्तर दिनुहोला भनी सोधिएको प्रश्नहरु सबैको जवाफ दिदै ११५ मध्ये कुनै १०० वटा जाच्नुहोला भनी लेखेको कुराले त्यतिवेला निकै चर्चा पाएको थियो रे।
पढेर मात्र हुदैन, पढ्ने विधि, सम्झने विधिको अनुसरण गर्न सकियो भने पढेको कुरा धेरै हदसम्म याद गर्न सकिन्छ । आशा छ याे लेख मार्फत पाठकहरूलाई पढाईकाे यस विधिकाे बारेमा केही हदसम्म भए पनि जानकारी हुने छ ।