आशा लघुवित्तकाे खुद ब्याज आम्दानीमा १९.४५ प्रतिशतकाे वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो

Asha Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा आशा लघुवित्त वित्तीय संस्थाकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.४५ प्रतिशतले बढेर ३१ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ कराेड ३० लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १२ कराेड ३५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३३ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आशा लघुवित्तले ५ अर्ब ३१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आशा लघुवित्तले २ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ३.८५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १३२६ काे आधारमा मूल्य आम्दानी अनुपात ३५.८३ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x