होलसेल माइक्रोफाइनान्स फर्स्ट माइक्रो, आरएमडिसी र आरएसडिसी मध्ये को तगडा ?


ज्ञानमाण्डू। आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका तिन थोक लघुवित्त संस्था फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आ. व. २०७६/७७ र आ. व. २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एक आपसमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र आरएमडिसी लघुवित्तको चुक्ता पुँजीमा कुनै पनि फेर बदल नभएको हुँदा दुवै लघुवित्तको चुक्ता पुँजी गत आर्थिक वर्षसँग समान रहेको छ। आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ भने आरएमडिसी लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको छ। यता आरएसडिसी लघुवित्तको चुक्ता पुँजी गत आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले वृद्धि हुँदै आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म आइपुग्दा ७३ करोड १९ लाख रुपैयाँ कायम भएको छ ।

जगेडा कोष: फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले जगेडा काेषलाई १०२.५२ प्रतिशतले बढाएर २८ करोड रुपैयाँ कायम गरेको छ। तिन थोक लघुवित्त मध्ये सर्वाधिक जगेडा काेष रहेको आरएमडिसी लघुवित्तले काेषलाई १४.९६ प्रतिशतले बढाएर १ अर्ब ७४ करोड रुपैयाँ पुर्याएकाे छ। यता, आरएसडिसी लघुवित्तको जगेडा काेष ४.६४ प्रतिशतले वृद्धि हुँदै १५ करोड ३४ लाख रुपैयाँ पुगेको छ।

सापटी: आ. व. २०७७/७८ को चौथो त्रैमाससम्म तिन थोक लघुवित्त मध्ये आरएमडिसी लघुवित्तले सर्वाधिक ९ अर्ब ३७ करोड रुपैयाँ सापटी लिएकाे छ। आरएमडिसी लघुवित्तले गत आर्थिक वर्षको तुलनामा ३२.५९ प्रतिशतले सापटी रकम वृद्धि गरेको देखिन्छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सापटी रकम गत आर्थिक वर्षको तुलनामा ६४.४० प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने आरएसडिसी लघुवित्तको सापटी रकम १७.९४ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७ करोड रुपैयाँ पुगेको देखिन्छ ।

कर्जा लगानी: आरएमडिसी लघुवित्तले ११ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गर्दा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ८ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले ४८.०२ प्रतिशतले कर्जा लगानीमा वृद्धि गरेको देखिन्छ भने आरएमडिसी लघुवित्तले ४६.४४ प्रतिशतले कर्जा लगानी बढाएको छ । यता आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको तुलनामा २२.३४ प्रतिशतले कर्जा लगानी वृद्धि गर्दै ३ अर्ब ४९ करोड रुपैयाँ पुर्याएकाे छ ।

खुद ब्याज आम्दानी: फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्षको तुलनामा १८.१० प्रतिशतको वृद्धि गर्दै २६ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी पुर्याएको छ भने आरएसडिसी लघुवित्तले गत आर्थिक वर्षको तुलनामा १५.४१ प्रतिशतको वृद्धि गर्दै १६ करोड ४० लाख खुद ब्याज आम्दानी संकलन गरेको छ । यता, आरएमडिसी लघुवित्तको खुद ब्याज आम्दानी १२.२४ प्रतिशतको गिरावट आउँदा ४० करोड ३ लाख खुद ब्याज आम्दानी संकलन गरेको देखिन्छ ।

खुद नाफा: तुलना गरीएका तिन थोक लघुवित्त मध्ये सर्वाधिक नाफा कमाएको आरएमडिसी लघुवित्तले २३ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको देखिन्छ। तुलना गरीएका तिन थोक लघुवित्त मध्ये सर्वाधिक नाफा कमाएता पनि आरएमडिसी लघुवित्तको नाफा गत आर्थिक वर्षको तुलनामा १८.६८ प्रतिशतले गिरावट आएको छ। १.२९ प्रतिशतले नाफा वृद्धि गरेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । त्यस्तै, १५.४६ प्रतिशतले नाफा वृद्धि गरेको आरएसडिसी लघुवित्तले ९१ लाख खुद नाफा गर्न सफल भएको छ ।

निष्क्रिय कर्जा: आरएसडिसी लघुवित्तको निष्क्रिय कर्जा तुलना गरीएका तिन थोक लघुवित्त मध्ये सर्वाधिक ०.९९ प्रतिशत रहेको देखिन्छ भने आरएमडिसी लघुवित्तको निष्क्रिय कर्जा ०.०५ प्रतिशत देखिन्छ । यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको निष्क्रिय कर्जा भने शुन्य रहेको छ।

प्रति शेयर आम्दानी: आरएमडिसी लघुवित्तको प्रति शेयर आम्दानी २२ रुपैयाँ ४९ पैसा रहेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको प्रति शेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेको छ। यता, आरएसडिसी लघुवित्तको प्रति शेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा रहेको छ।

मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्यको आधारमा आरएसडिसी लघुवित्तको मूल्य आम्दानी अनुपात सर्वाधिक ७६.३५ गुणा छ भने आरएमडिसी लघुवित्तको मूल्य आम्दानी अनुपात ६७.५० गुणा रहेको छ । यता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.५८ रहेको देखिन्छ ।

किताबी मूल्य: आरएमडिसी लघुवित्तको किताबी मूल्य तुलना गरीएका तिन थोक लघुवित्त मध्ये सर्वाधिक २६९ रुपैयाँ ०३ पैसा रहेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको किताबी मूल्य १३१ रुपैयाँ ९५ पैसा रहेको छ । आरएसडिसी लघुवित्तको किताबी मूल्य १२० रुपैयाँ ९६ पैसा रहेको छ ।
 

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x