४३% वृद्धि हुँदा पहिलो त्रैमासमा विकास बैंकको नाफा डेढ अर्ब नाघ्यो, सर्वाधिक नाफा गर्न को अघि ?


ज्ञानमाण्डू।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ विकास बैङ्कहरूले १ अर्ब ५१ करोड रुपैयाँ अधिक नाफा कमाएका छन्। गत आर्थिक वर्ष सोही अवधिसम्म आइपुग्दा विकास बैङ्कहरूले १ अर्ब ५ करोड रुपैयाँ अधिक नाफा कमाएका थिए। समीक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा उक्त बैङ्कहरूको नाफा झन्डै ४३.३६ प्रतिशतले बढेको देखिन्छ । 

  • सर्वाधिक नाफा बढाउन को सफल ?

पहिलो त्रैमासमा कर्णाली विकास बैङ्कले सर्वाधिक नाफा बढाउन सफल भएको छ । यस अवधिमा बैङ्कको खुद नाफा ५५८ प्रतिशतले वृद्धि हुँदै २ करोड २७ लाख अधिक रहेको छ। गत आर्थिक वर्ष सोही अवधिमा उक्त बैङ्कको नाफा ३४ लाख ४८ हजार रहेको थियो। 

  • सर्वाधिक नाफा कमाउन को सफल ?
चालु आर्थिक वर्षको असोज महिनासम्ममा मुक्तिनाथ विकास बैङ्क सर्वाधिक नाफा कमाउने विकास बैङ्क भएको छ । मुक्तिनाथ विकास बैङ्कले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ३४ करोड ५५ लाख अधिक नाफा कमाएको देखिन्छ, जुन विकास बैङ्कहरू मध्येको सबैभन्दा धेरै हो। गत आर्थिक वर्ष २०७७ साल असोज महिनासम्म मुक्तिनाथ विकास बैङ्कले २९ करोड ४१ लाख रुपैयाँ अधिक नाफा कमाएको थियो। समीक्षा अवधिको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा उक्त बैङ्कहरूको नाफा झन्डै साढे १७ प्रतिशतले बढेको देखिन्छ ।
यस्तै धेरै नाफा कमाउने विकास बै‌कको दोस्रो स्थानमा महालक्ष्मी विकास बैङ्क रहेको छ।उक्त बैङ्कले यस चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २३ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.२८ प्रतिशतले धेरै हो। गत आर्थिक वर्ष २०७७ साल असोज महिनासम्म महालक्ष्मी विकास बैङ्कले झन्डै १६ करोड रुपैयाँ नाफा कमाएको थियो। 

यस्तै ज्योति विकास बैङ्क र लुम्बिनी विकास बैङ्क दुवैले चालु आर्थिक वर्षको असोज महिनासम्ममा २१/२१ करोड रुपैयाँभन्दा धेरै नाफा कमाउन सफल भएका छन् । यता, ज्योति विकास बैङ्कले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.६४ प्रतिशतले नाफा वृद्धि गर्दा लुम्बिनी विकास बैङ्कले भने ९०.८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ। 

  • सर्वाधिक घाटामा कुन विकास बैङ्क ?
असोज मसान्तसम्ममा १६ विकास बैङ्कमध्ये ३ विकास बैङ्क भने घाटामा देखिएका छन्। तीन महिनामा सप्तकोशी डेभलपमेन्ट बैङ्क सबैभन्दा धेरै ११ करोड रुपैयाँ अधिकले घाटामा देखिएको छ। गत वर्षको तुलनामा बैङ्कको घाटा २०४.०३ प्रतिशतले झनै बढेको देखिएको छ । गत आर्थिक वर्ष २०७७ साल असोज महिनासम्म सप्तकोशी डेभलपमेन्ट बैङ्क ३ करोड ६२ लाख रुपैयाँ अधिक घाटामा रहेको थियो। 

यस्तै सिन्धु विकास बैङ्क पनि ६६ लाख ६९ हजार रुपैयाँले घाटामा देखिएको छ। गत वर्षको तुलनामा बैङ्कको घाटा ७२ प्रतिशतले घटेको छ। त्यसै गरी, नारायणी डेभलपमेन्ट बैङ्क ९ लाख ११ हजार रुपैयाँले घाटामा रहेको छ । गत वर्षको तुलनामा नारायणी डेभलपमेन्ट बैङ्कको घाटा ७२ प्रतिशतले घटेको तथ्याङ्कले जनाएको छ।

नाफामा रहेका १३ विकास बैङ्कमा ग्रिन डेभलपमेन्ट बैङ्कको नाफा सबैभन्दा थोरै ६ लाख १६ हजार रुपैयाँ रहेको छ।



अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x