सन्राइज बैङ्कको नविनतम् सुविधा युक्त अनलाइन प्लेटफर्म “Sunrise Care” सार्वजनिक


ज्ञानमाण्डू।सन्राइज बैङ्कले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लेटफर्म “Sunrise Care” सार्वजनिक गरेको छ । यस Sunrise Care प्लेटफर्म मार्फत सम्पूर्ण ग्राहक वर्गहरूले बैंकिङ्ग सम्बन्धी विभिन्न सेवाहरू बैङ्क नगई अनलाइन मार्फत नै लिन सक्ने बैङ्कले जनाएको छ ।

Sunrise Care विभिन्न बैंकिङ्ग सुविाधाहरु एकै ठाउँमा सङ्कलित अत्याधुनिक अनलाइन प्लेटफर्म हो जस मार्फत ग्राहक वर्गहरूले डेबिट कार्डको Online Account Opening, PIN re-issue Green PIN Change, E-commerce Update, Credit Card Statement, EMI Request, Payment Option Change, Mobile Banking Block/Unblock तथा अन्य धेरै सेवाहरुसगँ सम्बन्धी आवेदनहरू अनलाइन मार्फत नै दिन सक्ने बैङ्कले जानकारी दिएको छ । यस नविनतम् सुविधाको लागी Sunrise Care को पोर्टल https://care.sunrisebank.com.np मा गई आफ्नो खाता नम्बर र आधिकारिक मोबाइल नम्बर राखी सहजै आवेदन गर्न सकिने बैङ्कले उल्लेख गरेको छ ।

डिजिटल प्रविधिको उपयोगसँगै वर्तमान कोभिड १९ को परिप्रेक्ष्यमा ग्राहक वर्गको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैङ्कले आफ्ना ग्राहक वर्गको सहजता र सुरक्षाको हेतु एक नवीन अनलाइन बैंकिङ्ग प्लेटफर्म उपलब्ध गराएको जानकारी दिएको छ । आगामी दिनहरूमा Sunrise Care मा अन्य बैंकिङ्ग सेवाहरू पनि थप गरी उक्त प्लेटफर्मलाई अत्याधुनिक प्रविधियुक्त र प्रभावकारी बनाउँदै लैजाने उद्देश्य बैङ्कले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x