विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा | Midas

midas

 

 
ज्ञानमाण्डू। बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।
 
नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
 
विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् ।
 
यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।
 
विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुनुहुन्छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमेवोर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन ।
 
विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन, मक इक्ज्याम र परिक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ ।
 
विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ््यक्रम गतिविधिहरू गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि संचालन् गरिन्छ ।
 
विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न बिद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ÷पुरस्कृत गरिन्छ ।
 
अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ ।
 
मिदास एजुकेसन् प्रा.लिले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफुलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निशुल्क उपलब्ध गराएको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x