आइएमई पे र एजुकेशन पार्क बिच विद्यार्थीलाई छुट दिने सम्झौता

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" र एजुकेशन पार्क बिच आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) को तयारी कक्षामा ५०५ छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौँको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) को तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत कक्षाको शुल्क भुक्तानी गर्दा सो छुट प्राप्त गर्न सक्नेछन् । यही  पौष ०६, २०८० बाट लागु भएको सो योजनाको अवधि तीन महिनाको हुनेछ । आइ.ई.एल.टि.एस (IELTS) र पि.टि.ई. (PTE) कक्षामा अग्रणी एजुकेशन पार्क र नेपालको पहिलो भुक्तानी प्रदायक आईएमई पे बिचको सो योजनाले सो कक्षा लिन चाहने विद्यार्थीहरूलाई अझ सहज हुने कुरामा दुवै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि ३ महिनाको भएता पनि पहिला कक्षा बुक गर्ने विद्यार्थीहरूले आफ्नो समय अनुसारको कक्षाको छनौट गर्न सक्नेछन् । विद्यार्थीहरू माझ अति नै लोकप्रिय दुवै कक्षा अनलाइन मार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x