
आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेका छन्।
योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैङ्किङको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड–१ का इकाई धनीलाई २.७५ प्रतिशत र आरबीबी म्युचुअल फन्ड–२ का इकाई धनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। दुवै योजनाले वितरण गर्ने लाभांशमा करसमेत समावेश गरिएको छ।
लाभांश वितरण प्रयोजनका लागि योजना व्यवस्थापकले असोज १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असोज ११ गतेसम्म कायम रहेका इकाई धनीले दुवै योजनाको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
आरबीबी म्युचुअल फन्ड–१ र आरबीबी म्युचुअल फन्ड–२ दुवै बन्द मुखी योजना हुन्। यी योजनाको कोष प्रवर्द्धकका रूपमा राष्ट्रिय वाणिज्य बैङ्क रहेको छ।
आरबीबी म्युचुअल फन्डका दुई योजनाले घोषणा गरे लाभांश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
