प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हालका संस्थापक शेयरधनीहरूलाई मात्र खरिद गर्न मिल्ने गरी उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो।

कम्पनीका अनुसार शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदनसँगै नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको ‘फिट एण्ड प्रपर टेस्ट’ सम्बन्धी मापदण्ड पूरा गरेको पुष्टि हुने आवश्यक कागजात पनि पेस गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौँमा निवेदन बुझाउन सक्नेछन्।

कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा नियामयकी व्यवस्था अनुसार उक्त शेयर सर्वसाधारण वा अन्य योग्य लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x