नेरुडे मिर्मिरे लघुवित्तको ४४ हजार ६२३ कित्ता संस्थापक शेयर बिक्रीमा

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहअन्तर्गतको ४४ हजार ६२३ कित्ता शेयर बिक्रीका लागि सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार संस्थापक शेयरधनी विनोद कुमार अग्रवालको नाममा रहेको उक्त शेयर बिक्रीमा राखिएको हो। शेयर खरिदमा हाल कायम रहेका संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिइने जनाइएको छ।


इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, लोकन्थली भक्तपुरमा लिखित निवेदन पेस गर्नुपर्नेछ।

निर्धारित अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुनअनुसार सर्वसाधारणलाई शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैङ्कको एकीकृत निर्देशनअनुसार प्रक्रिया अगाडि बढाइनेछ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x