झापाको भद्रपुर–०८ निवासी कृष्ण तुलाधर र सिरिना श्रेष्ठले आफ्नी कान्छी छोरी निकोले तुलाधरले SEE परीक्षामा उत्कृष्ट सफलता हासिल गरेको खुसीलाई केवल उत्सवमा सीमित नराखी भविष्य सुरक्षासँग जोड्दै प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
बिर्तामोड शाखामा सम्पन्न विशेष कार्यक्रममा कोशी प्रदेश प्रमुख मिलन दाहाल, कोशी कर्पोरेट सेल्स संयोजक गगन सिटौला, कोशी प्रदेश संयोजक बिनिसा खतिवडा, शाखा प्रमुख केशव पौडेल, सिनियर एजेन्सी म्यानेजर हरिसरण लम्साल लगायतको उपस्थितिमा जीवन बीमा पोलिसी औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा निकोलले मिठाई बाँड्दै सबैसँग खुसी साटेकी थिइन्। कृष्ण तुलाधरले “फजुल खर्चभन्दा बचत र सुरक्षा नै परिवारप्रतिको साँचो जिम्मेवारी हो” भन्ने सन्देश दिन खोजिएको बताए।
तुलाधर दम्पतीको यो कदमले व्यक्तिगत खुसीलाई दीर्घकालीन सुरक्षा र आर्थिक सचेतनासँग जोड्ने सकारात्मक सन्देश दिएको छ।
छोरीको सफलतामा अभिभावकको प्रेरणादायी उपहार : कृष्ण–सिरिना दम्पतीद्वारा IME Life Insurance मार्फत भविष्य सुरक्षा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
