बीमा प्राधिकरणको बैङ्क निक्षेपमा लगानी योजना


नेपाल बीमा प्राधिकरणले आफ्नो मौज्दात रकम बैङ्किङ प्रणालीमा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने तयारी गरेको छ। प्राधिकरणले स्वीकृत लगानी नीतिअनुसार वाणिज्य बैङ्क तथा विकास बैङ्कहरूमा रकम राख्न प्रक्रिया अघि बढाएको हो।

यसका लागि प्राधिकरणले इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूलाई अधिकतम उपलब्ध गराउन सक्ने ब्याजदर उल्लेख गरी सात दिनभित्र सिलबन्दी दरभाउ पत्र पेस गर्न आग्रह गरेको छ। पेस गरिने प्रस्ताव कम्तीमा १५ दिनसम्म मान्य रहने सर्त राखिएको छ।

प्राधिकरणले जनाएको अनुसार प्रस्तावसँगै बैङ्कहरूले आफ्नो पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सान स्थिति, निष्क्रिय कर्जा अनुपात, कर्जा–निक्षेप अनुपात तथा पुँजी पर्याप्तता सम्बन्धी विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x