ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैङ्कको वित्तीय साक्षरता अभियान

राष्ट्रिय वाणिज्य बैङ्कले ग्लोबल मनी विकको अवसरमा देश भरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन भएको छ । बैङ्कले  २९४ शाखा कार्यालयहरू मार्फत १० हजार भन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरू माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको हो ।

अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैङ्कले चैत ४ देखि १० गतेसम्म साताव्यापी “Think before you follow, wise money tomorrow” नारासहित सञ्चालन गरिरहेको छ । बैङ्कले विभिन्न स्कुल तथा कलेजका हजारौँ विद्यार्थीहरू, कर्मचारी, मजदुर तथा कृषकहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको जनाएको छ ।

बैङ्कका अनुसार, उक्त अभियान अन्तर्गत बैङ्कले बैङ्कसँग कारोबार गर्दाका फाइदाहरू, डिजिटल बैंकिङ्ग, क्युआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पासवर्ड सुरक्षा, ओटिपी, रेमिटेन्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ ।बैङ्कका अनुसार विभिन्न शाखा कार्यालयहरू मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन गर्दै गरेको र यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरू समेत प्रसारण गरेको छ । बैङ्कले केही वर्षदेखि हरेक त्रैमासमा सबै शाखा कार्यालयहरू मार्फत वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आइरहेको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x