प्रभु समूहद्वारा बाढी पहिरो पीडित राहतका लागि १.७५ करोड सहयोग

यही असोज दोस्रो हप्तामा देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढी पहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठुलो जनधनको क्षति पुर्‍याएको परीप्रेक्षमा राष्ट्रिय विपदको यस दुःखद घडीमा पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरूप एवम् नेपाल सरकारलाई पीडितहरूको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समूह अन्त्रगतका प्रभु बैङ्क लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आज मिति २०८१/०६/२१ गते एक कार्यक्रमका बिच प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपाल सरकार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई रु. १,७५,००,०००/- (अक्षरेपि एक करोड पचहत्तर लाख रुपैयाँ मात्र) को चेक हस्तान्तरण गर्नु भयो ।

प्रभु समूह अन्त्रगतका उल्लेखित संस्थाहरूबाट प्रदान गरिएको उक्त सहयोगले बाढी पहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा यस समूहले गरेको छ ।

साथै प्रभु समूहले बाढी तथा पहिरोबाट घाइते नागरिकहरूको सिघ्र स्वास्थलाभको कामना र मृतक जन प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x