नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।
मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साबिकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।
साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ट भूमिकाको कदर स्वरूप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।
मञ्चको वार्षिक साधारण सभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्व प्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ट व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो ।
नेपाल हाल सङ्घीय शासन प्रणालीमा रूपान्तरित भएको भए पनि साबिकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरूलाई सम्मान गर्ने गर्दछ ।
अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%