वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८०/८१ को जेठमा १९.३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने विप्रेषण आप्रवाह २२.७ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८०/८१ को जेठमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४,२२,९३६ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २,६२,७०५ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,५९,४१५ र २,६०,२६२ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव ३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.३ प्रतिशत र अमेरिकी डलरमा १७.३ प्रतिशतले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%