मल्लरानीमा ‘जिपलाइन’

प्युठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल ‘जिपलाइन’ निर्माण गरिएको छ । पर्यटकीय स्थलको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न ‘जिपलाइन’ निर्माण गरिएको हो ।

जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि स्थानीयवासीले अम्ब्रेलास्थल गरी प्रचार, मल्लरानीमा खाना महोत्सव गर्दै आएकामा अब साहसिक पर्यटकीय पूर्वाधार ‘जिपलाइन’ मल्लरानी टुरिजम इन्भेष्टमेन्ट प्रा.लि.ले रु एक करोड लागतमा निर्माण गरेको अध्यक्ष इमानसिंह भारतीले जानकारी दिनुभयो ।

मल्लरानी गाउँपालिका–४ का धाइरेचौर सामुदायिक वन र पालेवन सामुदायिक वन क्षेत्रमा जिपलाइन निर्माण गरिएको छ । वनले पर्यापर्यटन विकास कार्यक्रम सञ्चालनको कार्य योजनाअन्तर्गत जिपलाइन निर्माण गरेको छ भने समन्वय प्रालिले गरेको नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका भारतीले बताउनुभयो ।

‘जिपलाइन’को चलान विन्दुबाट अवतरण विन्दुसम्मको दूरी छ सय ५० मिटरको छ । भारतीले भन्नुभयो, “जिपलाइनको निर्माणले मल्लरानी क्षेत्रमा पर्यटनको आगमन वृद्धिको विश्वास छ ।” जिपलाइनमा दैनिक दुई सय जना बढीले खेल्न सकिनेछ । जिपलाइनको औपचारिक उद्घाटनको तयारी भइरहेको छ ।

पछिल्लो समय मल्लरानी पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तव्य हो । प्युठानको सदरमुकाम खलङ्गाबाट दुई किमी नजिक रहेको मल्लरानीबाट धवलागिरि, माछापुच्छ्रे लगायतका थुप्रै हिमाल देख्न सकिन्छ ।

यहाँबाट बिजुलीकोटसँगै सदरमुकाम खलङ्गा, बाग्दुला, बिजुवार, जुम्री, माझकोट, खैरा, कसेरी, सानीलेख, मुनडाँडालगायत दर्जनौँ स्थान र छिमेकी जिल्ला अर्घाखाँचीका केही स्थानसमेत अवलोकन गर्न सकिन्छ ।

मल्लरानीमा गाउँपालिकाले चिल्डेन पार्क, वनभोज स्थल निर्माण थालेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मल्लरानीबाट यसअघि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । त्यसले भने निरन्तरता पाउन सकेन । नयाँ वर्ष, फागु पूर्णिमा, लालीगुराँस फुल्ने समय र बिदाका दिनमा आन्तरिक पर्यटक बढी घुम्न आउने गरेको स्थानीयवासी बताउँछन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x