शिवसताक्षी नगरपालिका–९ स्थित कनकाई नदी किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा वनभोज खाने तथा घुमफिर गर्ने आन्तरिक र बाह्य पर्यटकको दैनिक लर्को लाग्न थालेको छ ।
कोसी प्रदेशकै प्रमुखमध्येको पर्यटकीय गन्तव्यका रूपमा रहेको दोमुखामा जाने सडक कालोपत्र भएसँगै पर्यटकको थप आकर्षण बढेको हो । दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर लावतीका अनुसार सडक, खाने पानीलगायतका सुविधाका कारण विगत वर्षमा भन्दा यस वर्ष पर्यटक आगमन बढी भइरहेको छ ।
उहाँले कात्तिक पहिलो हप्तादेखि सुरु भएको पर्यटकको चहलपहल हाल खचाखच हुने गरेको बताउनुभयो । उहाँका अनुसार वनभोज खानेको टोली दैनिक २० देखि ३० वटासम्म दोमुखामा आउने गरेका छन् । “बिदा र शनिवारका दिन पिकनिक स्पटदेखि खोला किनार सबै भरिन्छन्”, उहाँले भन्नुभयो, “यसबाट आउने शुल्कसमेत राम्रै सङ्कलन हुने गरेको छ ।”
पूर्वपश्चिम राजमार्गको माइधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको दुई किलो नौ सय मिटर सडक कालोपत्र भएको छ । यसका कारण यस स्थानमा आउने पर्यटकलाई सहज भएको उहाँको भनाइ छ । दोमुखा क्षेत्रमा अवलोकन गर्न र वनभोज खानका लागि इलाम, मोरङ, सुनसरी, छिमेकी मुलुक भारतको दार्जिलिङ, मिरिक, सिलगुढीलगायतका स्थानबाट पर्यटक आउने गरेका छन् ।
उहाँले वनभोज खान आउनेबाट रु पाँच सयदेखि रु तीन हजारसम्म शुल्क लिने गरेको बताउनुभयो । दोमुखा पर्यटकीय क्षेत्रमा बाल उद्यान र बहु जातीय सङ्ग्रहालय, स्वीमिङपुल, झोलुङ्गे पुल रहेको जानकारी दिनुभयो । अध्यक्ष लावतीले चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन हुने गरेको बताउनुभयो । उहाँका अनुसार शिवसताक्षी नगरपालिकाका सबैभन्दा धेरै सुविधा सम्पन्न होटेल पनि यही क्षेत्रमा रहेकाले पर्यटकलाई पनि सहज भएको छ ।
दोमुखामा पर्यटकको लर्को
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en