नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष ढकालले गैर आवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताउनुभयो ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ,’ ढकालले भन्नुभयो, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैर आवासीय नेपालीहरूले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्राउन आग्रह गर्नुभयो ।
नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरू विदेशमा गएर सफलता प्राप्त गरेको बताउनुभयो ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरू स्थापित भएका छन्,’ ढकालले भन्नुभयो, ‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ ।’
गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ, महासङ्घ अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
