यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर २६४२ दशमलव १५ को विन्दुमा कायम भएको छ। आज कूल ३५४ कम्पनीहरूका २ करोड ५ लाख ५९ हजार ०५५ कित्ता शेयर रु. ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको रु. ५३ करोड ३६ लाख १४ हजार ८४२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ४४ करोड ५२ लाख ८० हजार ६२० बराबरको शेयर कारोबार भएको छ ।

यता, ङादी ग्रुप पावर लिमिटेडको रु. ३१ करोड २८ लाख ६६ हजार ९७१, सिईडिबि होल्डिङग्स लिमिटेडको  रु. ३१ करोड ११ लाख ९९ हजार ७७७ र एसवाई प्यानल नेपाल लिमिटेडको रु. २८ करोड ३२ लाख ६८ हजार ४१९ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x