
साताको पाँचौँ कारोबार दिन नेप्से परिसूचक ८ दशमलव ९७ अङ्कले बढेर २६७१ दशमलव ०७ को विन्दुमा कायम भएको छ। आज कूल ३३७ कम्पनीहरूका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर रु. ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ७० करोड ५३ लाख २९ हजार ०८६ बराबरको शेयर कारोबार भयो । त्यस्तै, एसवाई प्यानल नेपाल लिमिटेडको रु. ४३ करोड ४२ लाख ३६ हजार ७६१ बराबरको शेयर कारोबार भएको छ ।
यता, रिडी पावर कम्पनी लिमिटेडको रु. ४१ करोड ९७ लाख ९२ हजार ५९८, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ३९ करोड ९१ लाख २० हजार ३२६ र तेह्रथुम पावर कम्पनी लिमिटेडको रु. ३५ करोड ४० लाख ९९ हजार ९२० बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
