सुनको मूल्यमा प्रतितोला १ हजार १०० रुपैयाँको वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा बुधबार सुनको मूल्यमा बृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। हिजो मङ्गलबार सुन तोलामा ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढ्दै ५ हजार २९० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x