टी–२० विश्वकपमा आज स्कटल्यान्डसँग खेल्दै नेपाल


आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट २०२६ अन्तर्गत आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

खेल नेपाली समय अनुसार आज बेलुका ७:१५ बजे सुरु हुने छ। समूह चरणका चारमध्ये तीन खेलमा पराजित भइसकेको नेपाल आजको खेल जित्दै प्रतियोगिताको अन्त्य सकारात्मक नतिजा सहित गर्ने लक्ष्य बोकेको छ। सुपर-८ को दौडबाट बाहिरिइसकेका नेपाल र स्कटल्यान्ड दुवैका लागि यो खेल प्रतिष्ठाको रूपमा रहनेछ।


रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रने नेपालले पहिलो खेलमा इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि ४ रनले पराजय भोगेको थियो। त्यसपछि, इटालीसँग १० विकेट तथा वेस्ट इन्डिजसँग ९ विकेटले हार व्यहोरे पछि नेपालको अघिल्लो चरण पुग्ने सम्भावना समाप्त भएको छ। टेस्ट राष्ट्रहरूलाई चुनौती दिने लक्ष्यसहित विश्वकपमा सहभागी भएको नेपाल यस पटक समूह चरणमै सीमित बन्न पुगेको छ।

नेपाल र स्कटल्यान्डसँगै इटाली पनि समूह चरणबाट बाहिरिइसकेको छ भने इंग्ल्यान्ड र वेस्ट इन्डिजले सुपर-८ मा स्थान सुरक्षित गरिसकेका छन्।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x