सुनको मूल्यमा प्रतितोला ९ हजार ५०० रुपैयाँको वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला ९ हजार ५०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको छ। गत शुक्रवार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३०० रुपैयाँले बढ्दै ५ हजार १० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x