यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू


साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर २६६२ दशमलव १४ को विन्दुमा कायम भएको छ। आज कूल ३२४ कम्पनीहरूका २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर रु. ८ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ मा खरिद बिक्री भए ।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. ४५ करोड २८ लाख ४२ हजार ४९२ बराबरको शेयर कारोबार भयो । त्यस्तै, आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको रु. ४० करोड ७९ लाख १३ हजार १२८ बराबरको शेयर कारोबार भएको छ ।

यता, रिडी पावर कम्पनी लिमिटेडको रु. ३८ करोड ८६ लाख २३ हजार ७८५, युनियन हाइड्रोपावर लिमिटेडको रु. ३२ करोड ६० लाख ५३ हजार ८२८ र अरुण काबेली पावर लिमिटेडको  रु. ३२ करोड ५३ लाख १० हजार ७०८ बराबरको शेयर कारोबार भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x