तातोपानी गाउँपालिकाको खर्च ८१ प्रतिशत


यहाँको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको छ ।

गाउँपालिकाले सो आ.व. मा रु ५५ करोड ६१ लाखको बजेट ल्याएको थियो । असार २४ गतेसम्म कूल बजेटको ८१ दशमलव १७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

विनियोजित बजेटको चालुतर्फ रु ३७ करोड ४२ लाखमध्ये ३२ करोड २९ लाख अर्थात् ८६ दशमलव २८ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ रु १८ करोड १९ लाख बजेटमध्ये रु १२ करोड ८५ लाख अर्थात् ७० दशमलव ६६ प्रतिशत खर्च भएको हो । पालिकाले रु २० लाख राजस्व सङ्कलन गर्ने प्रक्षेपण गरेकोमा ३० लाख ९९ हजार सङ्कलन गरेको गाउँपालिकाले जनाएको छ ।

अघिल्लो आ.व. मा पालिकाले ७८ दशमलव १० प्रतिशत बजेट खर्च गरेको थियो । गत आ.व. मा तीन प्रतिशतले बजेट खर्च बढेको हो । पालिकाद्वारा आयोजित वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत विवरणअनुसार आर्थिक विकास ६६ दशमलव ७ प्रतिशत, सामाजिक विकासमा ६० दशमलव ८१ प्रतिशत, पूर्वाधार विकासमा ७७ दशमलव १ प्रतिशत, सुशासन तथा विपद् व्यवस्थापनमा ६० दशमलव ६२ प्रतिशत र कार्यालय सञ्चालनतर्फ ७० दशमलव ४३ प्रतिशत खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाइ छ ।

सङ्घ प्रदेश र स्थानीय तहबाट सञ्चालन भएका योजनाको भौतिक प्रगति शत प्रतिशत छ । पालिकाका आठै वडामा सञ्चालित ७० भन्दा बढी योजना पूर्ण रूपमा सम्पन्न भएका छन् । ठेक्कामार्फत सङ्घ र प्रदेशको लगानीमा सात वटा आयोजना निर्माण भएका छन् ।

प्रभावकारी श्रमदान अभियान, एक हजार दुई सय बढी अति विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा, प्रशासनिक भवन निर्माण, निःशुल्क एम्बुलेन्स सेवा जस्ता नमुना काम गरेको पालिकाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x