सुनको मूल्यमा प्रतितोला ९ हजार ५०० रुपैयाँको गिरावट


नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला ९ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ। हिजो बुधवार सुन तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ६२० रुपैयाँले घट्दै ४ हजार ९८० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x