लगातार चार दिन शेयर बजार बन्द


नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारलाई लगातार चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। बुधवार जारी सूचनामा नेप्सेले आज (बुधवार) र भोलि (बिहीबार) धितोपत्र कारोबार स्थगित गरिएको जनाएको हो।

यससँगै शुक्रवार र शनिवारको नियमित सार्वजनिक बिदा समेत हुने भएकाले बजार लगातार चार दिनसम्म बन्द रहनेछ।

नेप्सेले हालको विषम परिस्थिति तथा कारोबार सदस्य र लगानीकर्ताबाट आएको आग्रहलाई मध्यनजर गर्दै सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यस्तो निर्णय गरेको स्पष्ट पारेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x