एन आई सी एशिया बैङ्कको मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा आफ्नै भवनमा

एन आई सी एशिया बैङ्कले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगन्ज महानगरपालिका वडा नं. १० आदर्श नगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगन्ज महानगरपालिकामै रहेको वीरगन्ज शाखा यस नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन भइरहेको छ । बैङ्कले निर्माण गरेको उक्त नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा ल्याए पश्चात् ग्राहकहरूलाई सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ्ग सेवा लिन थप सहज हुने विश्वास लिएको बैङ्कले जनाएको छ ।

साथै, उक्त नवनिर्मित भवनमा ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने उद्देश्यका साथ बैङ्कले Cash Deposit machine, KIOSK Machine, Cash Recycler Machine जस्ता अत्याधुनिक सुविधा सम्पन्न मेसिनहरूबाट डिजिटल बैंकिङ्ग कारोबार गर्नका लागि बेग्लै डिजिटल बैंकिङ्ग हल समेत सञ्चालनमा ल्याएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x