ग्लोबल आइएमई बैङ्कको नाफा २४.१३ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले ४ अर्ब ३५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । बैङ्कको खुद ब्याज आम्दानी वृद्धि भएता पनि इम्पेरमेन्ट चार्ज बढ्दा नाफा घटेको देखिन्छ।
३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ४ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ३ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यता सञ्चित मुनाफा भने ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर १३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २० पैसा छ भने प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९२ पैसा र पछिल्लो कारोबार मूल्य रु १७५.३० को आधारमा मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ४.७४ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ भने १ अर्ब ८४ करोड रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
ग्लोबल आइएमई बैङ्कको नाफा ३ अर्ब ३० करोड रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
