नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तीमा एउटा वृहत् व्यावसायिक आयोजना सञ्चालन गर्नुपर्ने बताउनुभयो।
जिल्ला समन्वय समितिकाद्वारा आयोजना गरिएको समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले हरेक जिल्लामा आर्थिक गतिविधि बढाउन र त्यहाँ उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्न सार्वजनिक निजी साझेदारीमा कम्तीमा एउटा वृहत् व्यावसायिक आयोजना सञ्चालन गर्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो।
यसबाट जिल्लामा उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै जिल्लामा आर्थिक गतिविधि बढाउन सकिने र स्थानीय रूपमा राजश्व सङ्कलन तथा रोजगारी सृजना हुन सक्ने भन्दै महासङ्घ र जिल्ला उद्योग वाणिज्य सङ्घहरू सरकारसँग सहकार्य गर्न तत्पर रहेको उहाँको भनाइ छ।
उहाँले सरकार तथा निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिका पदाधिकारीहरूलाई आग्रह समेत गर्नुभयो।
प्रत्येक जिल्लामा कम्तीमा एउटा सार्वजनिक निजी साझेदारी आयोजना सञ्चालन गरौँ, अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
