साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले बढेर २६९२ दशमलव ०५ को विन्दुमा कायम भएको छ। आज कूल ३१९ कम्पनीहरूका १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर रु. ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा समृद्धि फाइनान्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २४ करोड ७१ लाख ५९ हजार ३६३ बराबरको शेयर कारोबार भयो त्यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको रु. १६ करोड ८० लाख ५४ हजार ६४४ बराबरको शेयर कारोबार भएको छ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रु. १४ करोड २२ लाख २२ हजार ००४ कारोबार हुँदा जानकी फाइनान्स कम्पनी लिमिटेडको रु. १३ करोड ८५ लाख ८३ हजार ७७१ र साहस उर्जा लिमिटेडको रु. १२ करोड १८ लाख ९० हजार ९८६ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%