ग्लोबल आइएमई बैङ्क सबै भन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैङ्कहरूको सूचिको पहिलो नम्बरमा परेको छ । आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमई बैङ्क पहिलो नम्बरमा परेको हो ।
अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैङ्कले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको छ । यो कर बैङ्कले वर्षभरि विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो । ग्लोबल आइएमई बैङ्कले गएको आवमा सात अर्ब २५ करोड रुपियाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो ।
बैङ्कले अघिल्लो आव २०७८/७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो । २१ वटा बैक तथा वित्तीय संस्थाहरू मिलेर बनेको ग्लोबल आइएमई बैङ्क चुक्ता पुँजीको आधारमा मुलुककै सबैभन्दा ठुलो बैङ्क हो भने बैङ्कको सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य हुनुहुन्छ ।
ग्लोबल आइएमई बन्यो सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैङ्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
16.67%

16.67%

0.00%

16.67%

16.67%

33.33%
