मंसिर २ गते देखि मंसिर ९ गते सम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४ अर्बले बढेकाे छ। नेपाल बैंकर्स एसोसिएसनका अनुसार मंसिर ९ गते सम्म वाणिज्य बैङ्कहरूकाे निक्षेप ४५ खर्ब ६२ अर्ब पुगेको थियो भने सोही अवधिमा वाणिज्य बैङ्कहरूले ४२ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेका थिए। समीक्षा अवधिमा कर्जा प्रवाह ३ अर्बले वृद्धि भएकाे थियाे भने औसतमा कर्जा-निक्षेप अनुपात (सिडी रेसियो) ८६.८६ प्रतिशत रहेकाे थियो।
त्यस्तै कार्तिक मसान्त र मंसिर ९ गतेकाे तुलनामा वाणिज्य बैङ्कहरूकाे निक्षेपमा १ अर्बकाे गिरावट भएको थियाे भने साेही अवधिसम्म कर्जा प्रवाहमा भने कुनै परिवर्तन भएकाे थिएन। कार्तिक मसान्तसम्म वाणिज्य बैङ्कहरूको निक्षेप ४५ खर्ब ६३ अर्ब पुगेकाे थियाे भने कर्जा रकम ४२ खर्ब २२ अर्ब थियो ।
मंसिर ९ गते वाणिज्य बैङ्कहरूको कुल निक्षेप ४४ खर्ब ४६ अर्ब (स्वदेशी मुद्रा) र १ खर्ब १५ अर्ब (विदेशी मुद्रा) रहेकाे थियाे भने ४१ खर्ब ९३ अर्ब (स्वदेशी मुद्रा) र २९ अर्ब (विदेशी मुद्रा) मा कर्जा प्रवाह भएको थियो।
वाणिज्य बैङ्कहरूको निक्षेपमा ४ अर्बको वृद्धि, सिडी रेसियो ८६.८६ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
