नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ । भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो ।
उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपैयाँको ५७ लाख ८५ हजार ९०७ केजी चिया र कफी निर्यात गरेको विभागले जनाएको छ । बितेको तीन महिनामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँको कफी र १ अर्ब ३१ करोड ९९ लाख ५४ हजार रुपैयाँको चिया नेपालले निर्यात गरेको छ । नेपालबाट ‘ग्रिन टी’ र ‘ब्ल्याक टी’ निर्यात हुने गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कफी अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, ताइवान र अमेरिका निर्यात भएको छ । उक्त अवधिमा अस्ट्रेलिया, अस्ट्रिया, क्यानडा, चीन, भारत, चेक रिपब्लिक, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हंगेरी, जापान, दक्षिण कोरिया, लिथुवानिया, नेदरल्याण्ड्स, न्यु जिल्यान्ड, स्वीट्जरल्याण्ड, बेलायत, अमेरिका, रोमानिया, रुस र नामिबिया गरी विश्वका २२ देशमा नेपालको चिया निर्यात भएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले १ अर्ब ४ करोड ५० लाख ७० हजार रुपैयाँको चिया तथा कफी निर्यात गरेको थियो ।
नेपालले १ अर्ब ३३ करोडभन्दा बढीको चिया र कफी निर्यात गर्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
