बरुण हाईड्राेपावर कम्पनी लिमिटेडले श्रावण १४ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले कम्पनीको साधारण सभामा पेस गर्न विद्युत् नियमन आयोगबाट प्रस्ताव स्वीकृत भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी रु. ५३ करोड ५८ लाख १५ हजारको १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले कम्पनीको ठेगाना परिवर्तन गर्न र पुँजी वृद्धि गर्न प्रबन्ध पत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि साउन ०५ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ । सो आधारमा साउन ०४ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
आज बरुण हाईड्राेपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
