रिलायबल नेपाल लाइफ इन्स्याेरेन्स लिमिटेडले श्रावण २३ गते देखि सर्वसाधारणहरुकाे लागि आइपिओ जारी गर्दै छ। कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५ हजार ४०० कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरमा प्रिमियम बापत रु. १५७ थप गरी जम्मा मूल्य रु. २५७ मा १ करोड २० लाख कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गरिसकेको सो कम्पनीले जनाएको छ । त्यस्तै साधारण शेयरको ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएकाे, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर कम्पनीको मिति २०७९ कार्तिक ०६ गते बसेको वार्षिक साधारण सभाबाट पारित भए बमोजिम प्रति शेयर अङ्कित मूल्य रु. १०० को दरले कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरी बाँकी रहने ९६ लाख कित्ता साधारण शेयरहरूको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने सो कम्पनीले जनाएको छ ।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) श्रावण २६ गते रहेको कम्पनीले जनाएको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा भाद्र ०५ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।
रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सले श्रावण २३ गतेदेखि आइपिओ जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
