नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त हुनुभएको छ । नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समिट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिए पश्चात् बनेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको मिति २०८० श्रावण ११ गते बसेको १५६ औँ बैठकले गरेको निर्णय अनुसार साबिक नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवलाई मिति २०८० श्रावण ३० गते देखि लागु हुने गरी आगामी ४ वर्षको लागि नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जनाएको छ ।
नेशनल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
