४ कम्पनीले ३ अर्ब ८ करोड ९४ लाख ४५ हजार १०० रुपैयाँ बराबरको ३ करोड ८ लाख ९४ हजार ४५१ कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
बोर्डको तथ्याङ्क अनुसार पाइप लाइनमा रहेका हकप्रद शेयरमध्ये सर्वाधिक कित्ता सिंगटी हाइड्रो इनर्जी लिमिटेडको रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १:१ को अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो ।
त्यस्तै, हिमालय उर्जा विकास कम्पनी लिमिटेडले १:१ को अनुपातमा ९९ लाख कित्ता हकप्रद शेयर र छ्याङ्दी हाइड्रोपावर लिमिटेडले १:१ को अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएका छन् र नारायणी डेभलपमेन्ट बैङ्कले पनि १:१ को अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डमा निवेदन दिएको हो।
४ कम्पनीको ३ करोड कित्ता बढीको हकप्रद शेयर आउने तयारीमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
