साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७ दशमलव ७९ अङ्कले बढेर १९८७ दशमलव ८७ को विन्दुमा कायम भएको छ ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयरधनीहरुले ९.९९ प्रतिशत, सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशत र चन्द्रागिरी हिल्सका शेयरधनीहरुले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
यता, प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरूले १०.०० प्रतिशतले गुमाउँदा सगरमाथा जलविद्युत कम्पनी लिमिटेड ३.९० प्रतिशत, युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड ३.८० प्रतिशत, सुपर मादी हाइड्रोपावर लिमिटेड ३.७६ प्रतिशत र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ३.७३ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
