साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर २०९७ दशमलव ५५ को विन्दुमा कायम भएको छ।
शिवश्री हाइड्रोपावर लिमिटेड, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। लक्ष्मी इक्वीटी फण्डका शेयरधनीहरुले ९.९९ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका शेयरधनीहरुले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
यता, रावा इनर्जि डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरूले १०.०० प्रतिशतले गुमाउँदा नेपाल फाइनान्स लिमिटेड ५.२६ प्रतिशत, समृद्धि फाइनान्स कम्पनी लिमिटेड ३.७२ प्रतिशत, गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेड ३.१६ प्रतिशत र सेन्ट्रल फाइनान्स लिमिटेड २.८९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
