आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ५.७१ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा लघुवित्तले १० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा लघुवित्तले ११ करोड १६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
८६ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आरएसडिसी लघुवित्तले ६ अर्ब ७२ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आरएसडिसी लघुवित्तले ५ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २० करोड ३९ लाख रुपैयाँ र सञ्चित मुनाफा ८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
आरएसडिसी लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.२१ प्रतिशतले बढेर २८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.२२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ६३९.९० को आधारमा मूल्य आम्दानी अनुपात ४९.८३ गुणा रहेको छ ।
खुद ब्याज आम्दानी बढेसँगै आरएसडिसी लघुवित्तको नाफामा ५.७१ प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
