साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले बढेर २०७७ दशमलव ७६ को विन्दुमा कायम भएको छ।
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा ९.९८ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। सिटि हाेटल लिमिटेडका शेयरधनीहरुले ९.५१ प्रतिशत, १० % प्रभु बैङ्क डिबेञ्चर २०८४ (८.२२) प्रतिशत, १०.२५ % सन्नराइज बैङ्क डिबेञ्चर २०८३ (८.२१) र सिटिजन्स म्युचुअल फण्ड-१ का शेयरधनीहरुले ८.०० प्रतिशतका दरले कमाएका छन् ।
यता, अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ६.६५ प्रतिशतले गुमाउँदा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड ४.४३ प्रतिशत, लिवर्टी इनर्जी कम्पनी लिमिटेड ३.६० प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड ३.४९ प्रतिशत र पिपुल्स पावर लिमिटेड २.९९ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
