नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वैशाख १४ गते बिहीबारका दिन नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत गरेको जानकारी दिएको छ । नेपाल स्टक एक्सचेन्जमा बिहीबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कुल ५८ लाख २५ हजार कित्ता, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल ३ लाख ९४ हजार ३९२ कित्ता, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १३ लाख ८७ हजार ४९८.३३२८ कित्ता र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल ४१ लाख ७० हजार ५४७.५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट क्रमशः ५ प्रतिशत, ३.३२५ प्रतिशत, १० प्रतिशत र १९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनीहरु माझ वितरण गरेका थिए । उक्त कम्पनीहरूको सोही बोनस शेयर नेप्सेमा बिहीबार सूचीकृत भएको हो ।
नेप्सेमा चार कम्पनीहरूको बोनस शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
