चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपाल भित्रने सुनमा गिरावट आएको हो । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा नेपालले विभिन्न देशबाट ८२३.७८ केजी सुन र सुनका गहना आयात गरेको भन्सार विभागले जनाएको छ । उक्त सुन र सुनका गहना आयात गर्दा नेपालबाट ६ अर्ब २८ करोड ६ लाख ५१ हजार रुपैयाँ बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले ८५६.२२ केजी कम सुन आयात गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नेपालले ५ अर्ब ८ करोड १५ लाख १२ हजार रुपैयाँ कमको सुन आयात गरेको हो ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विभिन्न देशबाट ११ अर्ब ३६ करोड २१ लाख ६३ हजार रुपैयाँको १ हजार ६८० केजी सुन र सुनका गहना आयात गरेको थियो । पछिल्लो तीन महिनामा नेपालले युनाइटेड अरब इमिरेट्सबाट ४ अर्ब ६१ लाख ८६ हजार रुपैयाँ, टर्कीबाट १ अर्ब ८ करोड २ लाख ७९ हजार रुपैयाँ र स्वीट्जरल्याण्डबाट ७० करोड ९९ लाख ६६ हजार रुपैयाँको सुन आयात गरेको छ । यस्तै सोही अवधिमा क्यानडाबाट ४ करोड २४ लाख ६० हजार रुपैयाँ, हङकङबाट ३१ करोड ७४ लाख ७५ हजार रुपैयाँ, जापानबाट ४ करोड ३८ लाख २४ हजार रुपैयाँ, कतारबाट ८२ लाख ३६ हजार रुपैयाँ र बेलायतबाट ५ करोड २४ लाख ४४ हजार रुपैयाँको सुनका गहना नेपाल भित्रिएका छन् ।
सुन आयातमा गिरावट, तीन महिनामा ८२३ केजी सुन भित्रिदा ६ अर्बभन्दा बढी रकम बाहिरियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
