
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ६९ अङ्कले बढेर २१२९ दशमलव ४२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ६६ अङ्कले बढेर ३९९ दशमलव ११ को विन्दुमा पुगेको छ ।
आज कूल २७९ कम्पनीहरूका १ करोड १९ लाख ०३ हजार ६८७ कित्ता शेयर रु. ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ०८७ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ८ दशमलव ४० अङ्कले, विकास बैङ्क उपसमूह २४ दशमलव ९५ अङ्कले, वित्त उपसमूह ५६ दशमलव ३० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४७.९५ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव १४ अङ्कले, उत्पादन उपसमूह २८.४९ अङ्कले, लघुवित्त उपसमूह १५१.४९ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव २० अङ्कले बढेका छन् । यता जलविद्युत उपसमूह ११.११ अङ्कले घट्दा जीवन बिमा उपसमूह ९.७१ अङ्कले, निर्जीवन बिमा ११२.५५ अङ्कले, अन्य उपसमूह ८.८४ अङ्कले र ट्रेडिङ उपसमूह ६.५४ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा ११.६९ अङ्कको वृद्धि, नेप्से २१२९.४२ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    