छ्याङ्दी हाइड्रोपावर लिमिटेडले यही वैशाख २८ गते नवौँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि वैशाख १७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ । सो आधारमा वैशाख १६ गते शनिवार परेको हुँदा आज वैशाख १४ गते सम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीले साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले आठौँ वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिमको ४० प्रतिशत हकप्रद शेयर सम्बन्धी निर्णय रद्द गरी कम्पनीको चुक्ता पुँजी रु. ३८ करोड ६९ लाख ७७ हजार ५०० को १०० प्रतिशत (अर्थात् १:१ को अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ ।
आजसम्म कायम शेयरधनीले छ्याङ्दी हाइड्राेपावरकाे साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
