साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ९४ अङ्कले घटेर २०९१ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज कूल २७६ कम्पनीहरूका १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर रु. ४ अर्ब ७४ करोड ०६ लाख ०८ हजार ८८० मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २९ करोड ८२ लाख १३ हजार ५७४ बराबरको शेयर कारोबार भयो । त्यस्तै, नेपाल टेलिकमको रु. १८ करोड १३ लाख ३४ हजार ५६२ बराबरको शेयर कारोबार भएको छ।
यता, सोल्टी हाेटल लिमिटेडको रु. १७ करोड ८९ लाख २५ हजार ५९९ कारोबार हुँदा आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेडको रु. १७ करोड २० लाख ६८ हजार ९९९ र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रु. १२ करोड ८२ लाख ६६ हजार ०९९ बराबरको शेयर कारोबार भएको छ ।
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
